काठमाडौं, असार २३ ।
राष्ट्रवादी नागरिक समाजले पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन मंगलबार र्याली निकालेका छन् ।
नारायणगोपाल चोकदेखि निर्मल निवाससम्म उनीहरुले पूर्वराजा शाहको समर्थनमा नाराबाजी गरेका थिए ।
पूर्वराजा शाहले भने कोरोना महामारीको समयमा औपचारिक कार्यक्रमको आयोजना नगरेपनि राजावादीहरुले निर्मल निवास अगाडी नारा लगाएर फकिएका थिए ।
प्रतिक्रिया दिनुहोस्