काठमाडौं, असार २३ । मंगलबार पनि सेयर बजारमा उछाल जारी रह्यो ।
मंगलबार पनि नेप्से र कारोबार दुवैमा उल्लेख्य सुधार आएको हो ।
नेप्से ३८ अंकले उकालो लागेर १३ सय ३६ पुग्यो । कारोबार पनि सवा अर्ब नजिक पुग्यो ।
कारोबार भएका सबै समूह उकालो लागे । निर्जीबन बिमा समूह सबैभन्दा उच्च ३ सय ६५ अंकले उकालो लाग्यो ।
जीवन बिमा समूह पनि १ सय ९८ अंकले बढ्यो । होटल समूह १ सय २७ अंक अनि लघुवित्त समूह पनि ७६ अंकले उक्लियो ।
उत्पादनमूलक, विकास बैंक, व्यापार, अन्य, जलविद्युत्, वाणिज्य बैंक र वित्त समूह पनि दोहोरो अंकले सुधारिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७८ कम्पनीको २८ लाख ८४ हजार बराबर कित्ता सेयर १ अर्ब २२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्