काठमाडौं, असार २३ । काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
मंगलबार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिनुभयो ।
सोमबार ५४ जनामा कोरोना भाइसको संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्