३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


अर्थमन्त्री डा. खतिवडाले भने कृषि र युवालाई विशेष प्राथमिकता


0
Shares

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब १० रुपैयाँ बजेट विनियोजन । यो कार्यक्रम सबै प्रदेश र स्थानीय तहसम्म लैजाने ।

@   उखु किसानलाई अनुदानका लागि ८५ करोड रुपैयाँ बजेट विनियोजन । उखु किसानले आफूले दुःख गरेअनुसारको नाफा नपाएको भन्दै बर्षेनी आन्दोलन गर्दै आएका छन् ।

@   सरकारले कृषिको सीप सिकेर विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने । युवालाई स्थानीय स्तरमै हुने विकास निर्माणको काममा पनि परिचालन गर्ने ।

@   साना किसान कृषि कर्जा कार्यक्रमका लागि १ अर्ब बजेट विनियोजन । साना किसानलाई उद्यमी बनाउनका लागि सरकारले किसानलाई सहुलियत ऋण दिँदै आएको छ ।

@   राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबइ डाइभर्सन, बबइ डाइभर्सन बहुउदेश्यीय सिँचाइ आयोजनालाई सरकारले प्राथमिकतामा राखेको छ ।

@   आउँदो वर्षदेखि सुनकोसी मरिण डाइभर्सन योजनालाई राष्ट्रिय गौरवको आयोजना बनाइने । २ अर्ब ५ करोड रुपैयाँ छुट्याइयो । 

@   समृद्ध तयारी सिँचाइ आयोजनाको लागि ९६ करोड रुपैयाँ विनियोजन भएको छ । सिँचाइ क्षेत्रमा २३ अर्ब ६३ करोड रुपैयाँ छुटयाइएको छ ।

@   सरकारले भरपर्दो मौसमी राडार निर्माणका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन । अहिले सुर्खेतमा मौसमी राडार छ भने पाल्पा र उदयपुरमा राडार निर्माण गर्न ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।  एउटा राडार बनाउनका लागि कम्तीमा २० करोड रुपैयाँ खर्च हुन्छ ।

@   पश्चिमका लागि सुर्खेतमा, मध्य नेपालका लागि पाल्पा र पूर्वी नेपालका लागि उदयपुरमा राडार निर्माण गर्न लागिएको हो ।

@   आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी जमिन फिर्ता लिने । भूमिको दिगो उपयोग गर्न भूमि ऐन बनाउने । यस्तै २ वर्षभित्र कृषि जमिनपूर्जा विद्युतीय बनाइने । जग्गा कारोबारको सबै विवरण अनलाइनमा आधारित बनाउने ।