काठमाडौं, असार २३ । गृहमन्त्री रामबहादुर थापाले युवाहरु लागूऔषधको कुलतमा लाग्दा देश विकासमा प्रभाव परेको बताउनुभएको छ ।
मंगलबार गृहमन्त्रालयमा लागूऔषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिक गर्दै गृहमन्त्री थापाले युवाशक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताउनुभयो ।
प्रयोगकर्ताहरुको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको उहाँले बताउनुभयो ।
गृहमन्त्री थापाले विश्वमहामारीका रुपमा फैलिएको कोरोना जस्तै लागू औषध प्रयोगकर्ताहरु रहेको बताउनुभयो ।
कोरोना जस्तै संक्रामक रोगको रुपमा यो फैलिदै गएको उल्लेख गर्दै थापाले यसको नियन्त्रणका लागि एकतावद्ध भएर योजनावद्ध रुपमा लगाडी बढ्नुपर्ने संकल्प लिनुपर्ने बताउनुभयो ।
मन्त्रालयले योजना नै बनाएर लागू औषध विरुद्धको अभियान सुरु गरेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्