३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


अन्ततः बढेरै छाड्यो सांसद विकास कोष, ६ करोड दिइनेः आफ्नो हात जगन्नाथ !


0
Shares

काठमाडौं, जेठ १५ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक सांसदलाई ६ करोड बजेट दिने भएको छ ।

संघीय संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने निर्वाचन क्षेत्रको बजेट ६ करोड पुर्याएको जानकारी दिए । सांसद विकास कोषको सर्वत्र आलोचना भएपनि सरकारले सांसदलाई खुशी पार्न पैसा छुट्टयाएको हो ।

गत वर्ष उक्त कार्यक्रमअन्तर्गत संघीय संसद्का सदस्यहरुले ४ करोड पाएका थिए । सांसदहरुका लागि कूल ९ अर्ब छुट्याइएको छ ।

सरकारले भूकम्प पछिको पुनर्निर्माणको लागि सरकारले १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

यसमध्ये ५८ अर्ब ७३ करोड निजी आवास पुनर्निर्माणका लागि छुट्टयाइएको हो । धरहरा निर्माणका लागि भने १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । छुट भएका लाभग्राही पनि पहिचान गरेर आउँदो आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सक्ने सरकारको दावी छ । 

काठमाण्डौमा ३ हजार व्यक्ति हट्ने सम्मेलन केन्द्र बनाइने । ३ बर्षभित्र ३ हजार व्यक्ति क्षमताको सम्मेलन केन्द्र बनाइने । हरेक प्रदेशमा २ हजार क्षमताको सम्मेलन केन्द्र बनाइने । संसद भवन, मन्त्री निवास लगायत पूर्वाधारको लागि ४० अर्ब ७३ करोड विनियोजन ।