काठमाडौं, असार २५ । शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले धनात्मक रहेर १३ सय ३१ कायम भयो । कारोबार भने पछिल्ला दिनका तुलनामा सामान्य खुम्चियो ।
अर्ब तलै कारोबार भयो । व्यापार र वाणिज्य बैंक बाहेक कारोबार भएका अरु समूह सकारात्मक रहे ।
जीवन बीमा समूहमा सबैभन्दा उच्च ६८ अंकको बृद्धि आयो ।
निर्जीबन बीमा समूह पनि ३९ अंकले उकालो लाग्यो । होटल समूह पनि दोहोरो अंकले सुधारिंदा अरु भने सामान्य अंकले सकारात्मक रहे ।
व्यापार समूह भने १८ अंकले ओरालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७८ कम्पनीको २२ लाख २६ हजार कित्ता शेयर ९० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्