लमजुङ, असार २५ । बुधबार राति परेको वर्षाले लमजुङमा ४ वटा घर भत्काएको छ ।
बेंसीसहर नगरपालिका–६ चनौटेस्थित भण्डारी टोलमा दुईृ वटा घर र मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा दुईृ वटा घर पहिरोले भत्काएको हो ।
दर्जनौ ठाउँमा गएको पहिरोले हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
बेंसीसहर–चामे सडक अन्तर्गत पर्ने पुमाखोला, खरखरे भीर, सिम्पानी, खुदी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतका ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । कतिपय स्थानमा ग्याविन जालीसहित सडक भासिएको छ ।
पहिरो पन्छाउने कार्य सुरु भएपनि पूर्णरुपमा सडक खुलाउन अझै दुई दिन लाग्ने प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
बाढीपहिरोले भरखर रोपेको खेती पुरिएपछि किसानहरु चिन्तित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्