२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भरतपुर अस्पतालमा कोरोना संक्रमितको डायलसिस


0
Shares

चितवन, असार २५ । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक बिरामीको डायलासिस गरिएको छ ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका कोरोना संक्रमित ३३ वर्षका युवकको डायलासिस गरिएको हो ।

करिब साढे ३ घण्टा लगाएर डायलासिस गरिएको अस्पतालले जनाएको छ ।

अहिले विरामीको अवस्था सामान्य रहेको छ । संक्रमितको डायलासिस गरेकोले बिहीबार एकदिन हेमोडायलासिस युनिट बन्द गरी पूरै निर्मलीकरण गरी शुक्रबार बिहान पनि एकपटक पूर्ण निर्मलीकरण गरेपछि मात्रै थप पालोका बिरामीको डायलासिस गरिने अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालमा १ सय ६ जनाले नियमित डायलसिस गराउँदै आएका छन् ।

संक्रमित युवा केही समयपहिले साउदी अरबबाट फर्किएका थिए । उनलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो ।