१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण


0
Shares

सर्खेत, असार २५ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना भाइरसका ११ जना संक्रमित थपिएका छन् ।

सर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पाँचजना सुर्खेतका, चारजना रुकुम पश्चिमका र एक र एक जना जाजरकोट र दैलेखका रहेका छन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५६१ पुगेको छ ।

साथै, कर्णालीमा पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ३० जना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १३२१ रहेको छ ।

२३४ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भएको छ ।