
काठमाडौं, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँदिल्ली पुगेका छन् ।
उनी बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यसतर्फ लागेका थिए ।
प्रधानमन्त्री ओली १० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै नेपाल एअरलाइन्सको विमानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए ।
उनी भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन त्यता गएका हुन् ।
Nepal’s Prime Minister KP Sharma Oli arrives in Delhi. He will attend Prime Minister Narendra Modi’s oath ceremony at Rashtrapati Bhawan, later today. pic.twitter.com/A6SIal4Bmi
— ANI (@ANI) May 30, 2019
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र उसको लोकतान्त्रिक गठबन्धनले भारी बहुमत ल्याएपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।
बिहीबार साँझ मोदीले पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रधानमन्त्री ओली सो शपथ कार्यक्रममा सहभागी हुनेछन् ।
योपटक मोदीले ‘बिम्स्टेक’ सदस्य राष्ट्रका सरकार प्रमुखलाई मात्र आफ्नो शपथग्रहण समारोहका लागि आमन्त्रण गरेका छन् ।
पहिलोपटक प्रधानमन्त्री हुँदा भने उनले ‘सार्क’ सदस्य राष्ट्रका सरकार प्रमुखलाई शपथग्रहण समारोहमा निमन्त्रणा गरेका थिए ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शुक्रबार द्विपक्षीय भेटवार्ता हुने कार्यक्रमसमेत रहेको छ ।
प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कनेछन् । प्रधानमन्त्रीकारुपमा ओलीको यो तेस्रो भारत भ्रमण हो ।
प्रतिक्रिया दिनुहोस्