काठमाडौं, असार २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सडक प्रदर्शन र आरोप प्रत्यारोप रोक्न दोस्रो तहका नेताहरुले नेतृत्वसँग माग गरेका छन् ।
बिहीबार सिंहदरबारमा छलफल गर्दै उनीहरुले सामाजिक सञ्जालमा भइरहेको आरोप प्रत्यारोप र सडक प्रदर्शन रोक्नुपर्ने निष्कर्ष निकालेका हुन् ।
यस्ता हर्कतले वातावरणलाई थप बिगारेको भन्दै महासचिवले वक्तव्य जारी गरेर रोक्न अध्यक्षद्वयलाई आग्रह गर्ने र यसको जिम्मा नेता घनश्याम भुसाललाई दिने निर्णय भएको हो ।
स्थायी कमिटी बैठकमा दाहाल–नेपाल पक्षसहितका बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गर्दा सडकमा भने ओलीको समर्थनमा प्रदर्शन भइरहेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रदर्शन रोक्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेपनि उहाँले स्वस्फुर्त प्रदर्शन रोक्नु जरुरी नरहेको प्रतिक्रिया दिनुभएको थियो ।
सडकमा ओलीको पक्ष र विपक्ष दुबै तर्फका कार्यकर्ता ओर्लिन थालेका छन् । जसले भिडन्त निम्त्याउने खतरा पनि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्