काठमाडौं, असार २६ । पछिल्ला दिन उकालो लाग्दै उचाईको रेकर्ड राख्दै आएको सुनको भाउमा शुक्रबार भने सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर ९२ हजार २ सयमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार ९ सयले उकालो लागेर ९२ हजार ४ सयको उचाई कायम भएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने ९ सय ८० मा स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १७ सय ९६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्