१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शुक्रबार थपिए ११८ जना कोरोना संक्रमित, १२० जना डिस्चार्ज


0
Shares

काठमाडौं, असार २६ । शुक्रबार ११८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा १२० जना संक्रमित डिस्चार्ज भएका छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११ जना रहेका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या १६ हजार ६ सय ४९ पुगेको हो ।

अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।

परीक्षण स्वात्तै घटाइएको भन्दै सरकारको आलोचनासमेत भएको छ ।

हाल २३ हजार ९ सय १० जना क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै ८ हजार ६ सय ३ जना आइसोलेसनमा रहेका छन् ।

धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ्ग र हुम्ला कोरोनामुक्त भएका छन् ।

५ सय बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा गरी ६ जिल्ला रहेका छन् ।

अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ । केही दिनदेखि मृतक थपिएका छैनन् ।