१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आयोगको आग्रह


0
Shares

काठमाडौं, असार २६ । राष्ट्रिय मुस्लिम आयोगले आगामी जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आग्रह गरेको छ ।

वि.स. २०७८ सालको जनगणनामा मुस्लिम समुदायको शैक्षिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था लगायत हरेक दृष्टिकोणले समेट्न आयोगले आग्रह गरेको हो ।

तथ्यांक विभागका महानिर्देशक र संवैधानिक आयोगका पदाधिकारीसँगको छलफलमा मुस्लिम आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगका अध्यक्ष समिममिया अन्सारीले मुस्लिम समुदायका सबै क्षेत्रको तथ्याङ्क संकलन गर्दै संवैधानिक आयोगका प्रतिनिधि र बढी बसोबास रहेको भूगोलमा मुस्लिम समुदायलाई अनुगमनमा लिएर जानुपर्ने बताउनुभयो ।

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले छलफलमा आएका कुराहरुलाई स्पष्ट रुपमा लिएर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभएको उहाँले बताउनुभयो ।