काठमाडौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबारपनि माइतीघरमा प्रदर्शन भएको छ ।
पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।
उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहेपनि प्रदर्शन भइरहेको छ ।
प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दवाव आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।
ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटीका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो ।
सरकार आफैंले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन र कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका हुन्् ।
पार्टीको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्