१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बागलुङ प्रहरीले गर्‍यो ९५ केजी गाँजा नष्ट


0
Shares

बागलुङ, असार २६ । जिल्ला प्रहरी कार्यालय बागलुङले ९५ केजी गाँजा नष्ट गरेको छ ।

बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष सूर्यबहादुर घतीको घरबाट बरामद गरेको ८६ र सोही रात ढोरपाटन नगरपालिका–१ देबचोकको खाजा घरबाट बरामद गरेको ९ केजी गाँजा नष्ट गरिएको हो ।

प्रहरीले आफ्नै कार्यालय परिषरमा गाँजालाई जलाएर नष्ट गरेको हो ।

प्रहरीले अवैद्य रुपमा लागु औषध गाँजा लुकाई छिपाई राखेको, सेवन गरेको र बिक्री वितरण गरेको आरोपमा वडा अध्यक्षसहित १० जनालाई सोही दिन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।