१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुरक्षा निकायलाई उच्च सर्तक रहन मुख्यमन्त्रीको निर्देशन


0
Shares

जनकपुर, असार २६ । लगातारको वर्षाले बाढीको जोखिम रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायका उच्च सतर्कतामा बस्न निर्देशन दिनुभएको छ ।

शुक्रबार उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठक बोलाई सबै सुरक्षा निकायलाई सर्तक रहन निर्देशन दिनुभएको हो ।

बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेकोले त्यसलाई न्यूनिकरण गर्न तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको हो ।

उहाँले बाढी र डुबानको जोखिम कम गर्न आवश्यक सामग्री तत्कालै उलपब्ध गराउन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।