२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पहिरोमा परि मृत्यु भएका परिवारलाई बेँसीशहर नगरपालिकाबाट तीन लाख सहयोग


0
Shares

लमजुङ, असार २६ । अविरल वर्षाले घरभित्र पहिरो पस्दा मृत्यु भएका बेँसीशहर नगरपालिका­ ७ सातबिसेका दिपक तामाङको परिवारलाई तीन लाख रुपैयाँ राहतस्वरुप सहयोग गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले राहतस्वरुप रु. तीन लाख मृतकका परिवारलाई शुक्रबार सहयोग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक दिपकको बुबा हर्कबहादुर तामाङलाई रकम हस्तान्तरण गर्नुभयो ।

आफ्नो परिवार गुमाउदा ठूलो चोट पुगेपनि सरकारले दिएको राहतले केही सान्त्वना मिलेको मृतकका बुबा हर्कबहादुरको भनाइ छ ।

मृतक छोरा बुहारी र नातिको काजकीरिया गर्नका लागि केही सहयोग पुग्ने उहाँको भनाइ छ ।

अविरल वर्षाले घरमाथिबाट पहिरो पस्दा एउटै परिवारको दिपक तामाङसहित उहाँकी श्रीमती विमाया र छोरा छेवाङ तामाङको पुरिएर मृत्यु भएको थियो । रासस