१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


४१ जिल्लामा पुग्यो ईन्टरनेट सेवा


0
Shares

काठमाडौं, असार २६ । दुरसञ्चार प्राधिकरणले मुलुकको ४१ जिल्लामा ईन्टरनेट पुगिसकेको दाबी गरेको छ ।

प्राधिकरणले ग्रामीण दुरसञ्चार कोषमार्फत रकम परिचालन गरि देशभरीका ग्रामीण क्षेत्र अन्तर्गतका नगरपालीका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्था आदीमा ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराईरहेको पनि जनाएको छ ।

दुरसञ्चार ऐन २०५३ अनुसार ग्रामीण दुरसञ्चार कोषमा विभिन्न टेलिकम सेवा प्रदायक कम्पनीमार्फत वार्षिक रुपमा निश्चित रकम उठाउदै आइएको छ ।

प्राधिकरणले यो रकम विभिन्न प्याकेज तथा कार्यक्रम मार्फत ग्रामीण क्षेत्रमा ईन्टरनेट सेवा उपलब्ध गराउनको लागी खर्चिदै आएको छ ।

हाल कोषमा २४ अर्ब हाराहारीमा रकम संकलन भइसकेको छ । यसै रकम मार्फत प्रदेश १,२, बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेपाल टेलिकमले र गण्डकी र प्रदेश नम्बर ५ मा युटिएलले नेटवर्क र कनेक्टिभिटीको विकासका काम गरिरहेका छन् ।

हाल प्राधिकरणले विभिन्न १८ प्याकेजमा सुचना महामार्ग तथा ब्रोडब्यान्ड ईन्टरनेटको विकासका लागी काम गरिरहेको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्राधिकरणले नेपाल टेलिकम, एनसेल, युनाईटेड(युटिएल), भायनेट, वल्र्डलिंक लगायतका ईन्टरनेट कम्पनीमार्फत वार्षिक २ अर्ब बढि रकम कोषका लागि उठाउँदै आएको छ ।

तर अझै पनि लक्ष्य अनुसार जनतामा ईन्टरनेटको पँहुच विस्तार भने हुन सकेको छैन ।

आगामी आर्थिक वर्षभित्रै देशका सबै भागमा ईन्टरनेट पुयाउने उद्देश्य सहित काम गरिरहेको दाबी प्राधिकरणको छ ।