१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


अन्ततः हारे ट्रम्प, त्यो दिन आएरै छाड्यो ट्रम्पले लगाए मास्क


0
Shares

एजेन्सी, असार २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मुखमा मास्क लगाउनै परेको छ ।

कुनै हालतमा मास्क नलगाउने जिद्दीमा रहेका राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाउनुभएको हो ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड सैनिक अस्पतालमा भेट्रानहरुलाई भेट गनए जाने क्रममा ट्रम्पले मास्क लगाउनु भएको हो ।

कोरोना भाइरसको महामारी शुरु भएदेखि नै मास्कको विपक्षमा रहनुभएका ट्रम्पले एक पटक फोर्ड गाडीको शो रुममा जाँदा पत्रकारले नदेख्ने गरी भने मास्क लगाउनुभएको थियो ।

कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिन मास्क लगाउनै पर्ने जनस्वास्थ्य विज्ञ र वैज्ञानिकहरुले पटक पटक भन्दा पनि अवज्ञा गर्दै आउनुभएका ट्रम्पले अमेरिकामा कोभिड–१९ बाट एक लाख ३७ हजार मानिसको मृत्यु भएपछि मास्क लगाउन बाध्य हुनुभएको हो ।

अमेरिकामा साढे ३३ लाख मानिस त संक्रमित भइसकेका छन् त्यहाँ संक्रमितको दर झनै उकालो लाग्दै छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ६६ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भन्नुभयो, ‘मलाई लाग्छ मास्क लगाउनु उत्कृष्ट कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास छ ।’

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले सबैलाई बाहिर निस्कँदा मास्क वा रुमालले मुख छोप्न निर्देशन नै जारी गरेको छ । तर ट्रम्पले सो निर्देशन नमान्ने बताउनुभएको थियो ।

मास्कको विपक्षमा रहेका ट्रम्पले यतिसम्म भन्नुभएको थियो, ‘मलाई लाग्दैन कि मैले मास्क लगाउँछु । मास्क लगाएर अरु देशका राष्ट्रपति, प्रधानमन्त्री, शासक, राजा, रानीसँग भेट गर्नु, म यो सम्भव देख्दिनँ ।’

यस पटक मास्क लगाउनुका पछाडी राजनीतिक कारण रहेको मानिएको छ । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि मतदाता तान्न एकपटक सार्वजनिक स्थानमा मास्क लगाउन ट्रम्पलाई उनका सहयोगीहरुले भनेपछि लगाएको बताइएको छ ।