२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि


0
Shares

काठमाडौं, असार २८ । गण्डकी प्रदेशमा आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार गण्डकीका ७ जिल्लामा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका ६ जना, त्यस्तै पर्वतका २ जना, बागलुङका २ जना पुरुषमा कारोना पुष्टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा नवलपुर बर्दघाट सुस्तापूर्वका एक जना, स्याङजाका एकजना पुरुष र गोरखाको एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, लमजुङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनु भएको छ ।