
दाङ, असार २८ । दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको छ ।
राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसानलेलगाएको मकै वालीमा नयाँ सलह देखा परेको हो ।
पहिलेको भन्दा ठूलो संख्यामा सलह प्रवेश गरेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले जानकारी दिनुभयो । सलह पुन गाउँमा छिरेपछि कृषकहरु त्रसित बनेका छन् ।
कृषकहरुले भाडाँ ठटाएर, धुँवा बनाएर सलह भगाउने प्रयास गरेका छन् ।
यसअघि आएको सलह किराले दाङमा झण्डै ६ सय हेक्टर जमिनमा लगाएको धान, मकै र तरकारी बालीमा क्षती पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्