२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा कांग्रेसको आपत्ति


0
Shares

पोखरा, असार २८ । नेपाली कांग्रेस कास्कीले विषम परिस्थितिमा गण्डकी प्रदेश सरकारले जनप्रतिनिधिको सेवा सुविधा बढाएकोमा आपत्ति जनाएको छ ।

कास्की कांग्रेसको आइतबार बसेको बैठकले जनप्रतिनिधिको सेवा सुविधा बढाउने निर्णय अव्यहारिक भएको भन्दै आपत्ति जनाएको हो ।

बैठकले लकडाउनका कारण नराम्ररी प्रभावित बनेको यातायात, पर्यटन र उद्योग क्षेत्रलाई राहत दिन सरकारसँग माग गरेको छ ।

लकडाउनको अवधिलाई शून्य मानेर कर र ऋणको व्याजमा समेत सहुलियत दिन माग गरेको छ ।

बैठकले बाढी पहिरो प्रभावितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था मिलाउन पनि माग गरेको छ ।