२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


साउन १ बाटै ‘क्लिन फिड’ लागू गर्न मिडिया सोसाइटीद्वारा सरकारको ध्यानाकर्षण


0
Shares

media society cleenfeed government nepal

काठमाडौं, असार २८ । नेपाल मिडिया सोसाइटीले आगामी आर्थिक वर्षको शुरुबाटै क्लिन फिड लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई भेटेर मिडिया सोसाइटीले क्लिन फिड साउन १ गतेबाट नै लागु गर्न ध्यानाकर्षण गराएको हो ।

सबै सेवा प्रदायकहरु क्लिन फिडका लागि मानसिक रुपमा तयार भएकाले तीन महिना पर्खिनुभन्दा आर्थिक वर्षको शुरुबाटै लागु गर्नुपर्ने सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले बताउनुभयो ।

आर्थिक वर्षको सुरुवातबाट नै विज्ञापनरहित विदेशी च्यानल हुनुपर्ने भन्दै उहाँले विज्ञापनरहित बनाएर कसरी दिने/नदिने भन्ने कुरा सरकारको चिन्ताको विषय नभएको बताउनुभयो ।

मन्त्री डा. खतिवडाले कानुनतः कार्तिक ८ गतेबाट लागु हुने भएपनि चाँडो गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

कार्तिकभन्दा अगाडी नै क्लिन फिडमा जान सकिने अवस्था भएमा छिट्टै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गरिने उहाँको भनाइ थियो । क्लिन फिडका लागि सरकारले कानून बनाइसकेको छ भने कार्यान्वयनका लागि नियमावली र विज्ञापन बोर्ड गठन गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।

विज्ञापन ऐन २०७६ अनुसार आगामी कात्तिक ८ देखि यो व्यवस्था लागु गर्नुपर्ने हुन्छ ।