
एजेन्सी, असार २९ । पोल्याण्डको राष्ट्रपतिमा रुढीवादी विचारका समर्थक वर्तमान राष्ट्रपति आन्जेई दुदाले जितेका छन् ।
आइतबार भएको मतदानमा दुदाले प्रतिस्पर्धी रफाल ट्रजस्कोस्कीलाई पराजित गर्दै ५१.२ प्रतिशत मत प्राप्त गरेको पोलिस निर्वाचन आयोगले जनाएको छ ।
सन् १९८९ मा कम्युनिष्ट शासन ढलेयता पोल्याण्डमा भएका राष्ट्रपति चुनावमा यस पटक सबैभन्दा साँघुरो अन्तरको जित भएको जनाइएको छ ।
चुनावको प्रमुख मुद्दा युरोपियन युनियनसँगको सम्बन्ध र लैंगिक तथा यौनिक अल्पसंख्यक एलजिबिटिक्यूआई समुदायको अधिकार रहेको थियो ।
नेशनलिस्ट ल एण्ड जस्टिस (पिआइएस) पार्टीका दुदा सोसल कन्जरभेटिभ धारको र रफाल उदारवादी मानिनुहुन्छ ।
दुदाको जितले समलिंगी अधिकार थप कुण्ठित हुने सम्भावना बढेको छ । युरोपमा एलजिबिटिक्यूआइको अधिकारका दृष्टिमा पोल्याण्ड राम्रो मानिन्न ।
त्यहाँ ६८.२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्