
काठमाडौं, असार २९ । सोमबार सुन चाँदीको मूल्य पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले उकालो लागेर ९२ हजार ३ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतार १ सयले घटेर ९२ हजार १ सयमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ९ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रति औंन्स १८ सय ६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्