१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा


0
Shares

स्याङ्जा, असार २९ । अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न भागमा गएको पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ ।

पहिरोले १२ घण्टा अवरुद्ध बनेको स्याङ्जा—पोखरा र स्याङ्जा—वालिङ खण्डको सिद्धार्थ राजमार्ग अहिले खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पहिरोले ५ वटा घरमा क्षति पुुर्‍याएपछि करिब ४० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको प्रहरीले जनाएको छ ।

पहिरोले स्थानीयको घर गोठका साथै दर्जनौ चौपाया मर्दा लाखौं मूल्य बराबरको क्षति पुुगेको स्याङ्जा प्रहरीले जनाएको छ ।