१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसीबारे कुनै निर्णय भएको छैनः जनता समाजवादी पार्टी


0
Shares

upendra yadav mahantha thakur jasapa mcc decission

काठमाडौं, असार२९ । जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे पार्टीले कुनै निर्णय गरिनसकेको जनाएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर एमसीसीबारे नीति र धारणा बनाउन आन्तरिक छलफल भइरहेको प्रष्ट्याउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन ।’

जसपाको प्रवास विशेष कमिटीले बनाएको कार्यदलले एमसीसीलाई इष्ट इण्डिया कम्पनीसँग तौलेर राष्ट्रियता र स्वाधिनतामा आँच आउने शर्तहरु भएकाले सहयोग नलिन सुझाव दिएको थियो ।

एउटा कमिटीले बुझाएको प्रतिवेदनलाई पार्टीकै धारणाका रुपमा प्रचार गरिएको भन्दै अध्यक्ष यादवले असन्तोष जनाउनुभएको छ ।