
जनकपुर, असार २९ । बजेट आएको एक महिनापछि प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बहुमतले पारित गरेको छ ।
यसअघि सर्वसम्मतले पारित हुँदै आएको बजेट यसपटक भने मत विभाजन प्रकृयाले बहुमतले पारित भएको हो ।
बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गर्न दिएको थिएन । गत असार १ गते प्रदेश सरकारले ३३ अर्ब ५६ करोड ९ लाखको बजेट प्रस्तुत गरेको थियो ।
बजेट सर्वसम्मतले पारित नभएपछि सभामुख सरोज यादवले मत विभाजन का आधारमा बहुमतले पारित भएकोे घोषणा गर्नुभएको हो ।
प्रदेशका कुल १ सय ७ सांसदमध्ये प्रदेश सभाको बैठकमा ८० जना उपस्थित थिए ।
यसमध्ये ४८ जना बजेटको पक्षमा र अन्य विपक्षमा उभिएका थिए ।
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि चालु आर्थिक वर्ष भन्दा ५ अर्ब १६ करोडले कमको बजेट ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्