६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सोमबार थपिए १४४ जना कोरोना संक्रमित


0
Shares

काठमाडौं, असार २९ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक सय ४४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा एक हजार ७ सय ५ जना कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनु भयो ।

यो अहिलेसम्मकै बढी हो । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६० दशमलव ७ प्रतिशत हुन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर परीक्षण भएको छ ।

हाल २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै ६ हजार ६ सय १३ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।