
काठमाडौं, असार ३० । मंगलबार पनि शेयर बजारमा सामान्य सुधार जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंकले सकारात्मक रहेर १३ सय ४७ कायम भएर थामियो । कारोबार पनि अर्ब बराबर पुग्यो ।
यस दिन कारोबार भएका मध्ये बढीजसो समूह ओरालो लागे पनि लघुवित्त, होटल, वाणिज्य बैंक, जलविद्युत र सामुहिक लगानी कोष हरियो रहेसंगै नेप्से सकारात्मक रहन पुगेको हो ।
लघुवित्त समूह ६४ अंकले र होटल समूह पनि ५५ अंकले उकालो लागे ।
उत्पादनमूलक, जीवन बीमा र व्यापार समूह दोहोरो अंकले घट्दा अरु भने सामान्य अंकले रातो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८६ कम्पनीको २५ लाख ६८ हजार कित्ता शेयर ९९ करोड ४५ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्