१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


म्याग्दी पहिरोमा अझै ४ जना बेपत्ता


0
Shares

म्याग्दी, असार ३० । म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका मध्ये ४ जनाको अबस्था अझै अज्ञात छ ।

गत शुक्रबार गएको पहिरोमा परि ३२ जना बेपत्ता भएकामा २८ जना मृत अबस्थामा भेटिएका थिए ।

पहिरोका कारण विस्थापित भएका १ सय ५० भन्दा बढी परिवारका करिब ८ सय जनालाई विद्यालय र सामुदायिक भवनहरुमा राखिएको छ ।

घटनाको पाँच दिन वितिसक्दा पनि पहिरो प्रभावितहरुले अझै राहत सामाग्री पाउन सकेका छैनन् ।

खराव मौसम र सडक अवरुद्ध हुंदा राहत सामग्री पुर्‍याउन नसकेको स्थानीय प्रशासनले जनाएको छ ।

स्थानीय युवा व्यवसायी र ओमकुमारी शान्ति कोषको पहलमा पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टरबाट गर्भवती महिला, विपद्मा परेका वृद्धवृद्धाकोउद्धार गरिएको छ ।