६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कांग्रेसको खेलकुद विभागले पूर्णता पायो


0
Shares

काठमाडौं, असार ३० । नेपाली कांग्रेस खेलकुद विभागले पूर्णता पाएको छ ।

मनोनयनका लागि सिफारिस गरेको पदाधिकारी र सदस्यहरुको नामावली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेसंगै विभागले पूर्णता पाएको हो ।

विभाग प्रमुख मोहनबहादुर बस्नेतले दुई पदाधिकारी र २५ सदस्यहरुको नामावली मनोनयन गर्न अनुमोदनका लागि केन्द्रीय कार्यालयमा पठाउनु भएको थियो ।

विभागको उपप्रमुखमा काठमाडौंका मोहनकुमार राई र सचिवमा ललितपुरका मीनकृष्ण महर्जन हुनु भएको छ ।

कराँते पृष्ठभूमिका दुवै राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष हुनुहुन्छ ।

सदस्यहरुमा अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसहित किशोर राई, मणिभूषण यादव, दीपराज गुरुङ, उमेश खड्का, लगायत छन् ।

सचिव महर्जनले सिफारिस गरिएका सबैको नामावली केन्द्रबाट अनुमोदन भइसकेको जानकारी गराउँदै साउन ३ गते सबैलाई पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सानेपास्थित केन्द्रीय कार्यालयमा मनोनयन पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

विभागले काठमाडौंको बानेश्वरमा आफ्नो कार्यालयसमेत स्थापना गरेको जनाएको छ ।