१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति विरोध


0
Shares

काठमाडौं, असार ३० । प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर भारतमा पनि चर्को विरोध भएको छ ।

भारतीय समाचार संस्था पीटिआईले नेपालका प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विवाद उक्साउने’ र ‘भारतलाई चोट पुर्‍याउने आश्चर्यजनक कदम’ भनेको छ ।

सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गर्नुभएको छ ।

अर्को भारतीय समाचार संस्था आइ.ए.एन.एस.ले लेखेको समाचारमा ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर उल्लेख गरिएको छ ।

नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएको बेला आएको अभिव्यक्तिलाई नेपालभित्र पनि जनताले विश्वास नगरेको दावी भारतीय मिडियाले गरेका छन् ।

एनडिटीभी डट कमले ओलीको अभिव्यक्तिले विश्वभर छरिएर रहेका रामका अनुयायीहरूलाई उत्तेजित पार्ने समाचार सम्प्रेषण गरेको छ ।