१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखालाई किन जोडियो कोरोनामा ?


0
Shares

Amithabh bachchan rekha bollywood corona

इमेजखबर काठमाडौं, असार ३१ । भारतीय सिने जगतका महानायक अमिताभ बच्चन र सदाबहार सुन्दर नायिका रेखाबारे बलिउडमा अनेकन किस्सा र चर्चा चलिनै रहन्छ ।

सन् ७० को दशकको सर्वाधिक प्रेमिल जोडीका रुपमा लिइने उहाँहरुबारे सानै खबरले पनि बलिउडको बजार त्यत्तिकै गर्माउँछ । मानिसहरुमा चासो बढी हाल्छ ।

हुँदाहुँदा विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका सन्दर्भमा पनि उहाँहरुलाई जोडेर समाचारहरु बनाइएको छ । सामाजिक सञ्जालमा अमिताभ र रेखा ट्रेण्डिङमा देखिनुहुन्छ ।

उसोत उमेरमा ११ वर्षको फरक रहनु भएका अमिताभ ७७ तथा रेखा ६५ वर्षको हुनुुहन्छ । त्यसैले पनि कोरोनाबाट बढी नै सतर्क रहनुपर्ने हुन्छ नै ।

अमिताभ बच्चन आफूमा विश्वव्यापी महामारी कोरोनाको संक्रमण पाइएपछि अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको परिवारका सबै सदस्यमा पोजिटिभ पाइएपछि उपचारमा हुनुहुन्छ ।

यही बेला बलिउडकी सदाबहार सुन्दर नायिका रेखाको घरमा काम गर्ने सुरक्षाकर्मीलाई कोरोना संक्रमण पाइएपछि उहाँको घर शिल गरिएको छ । उहाँमा संक्रमण भए नभएको भने यकिन भएको छैन ।

उहाँले आफैले परीक्षण गरेर रिपोर्ट बुझाउने भनेपछि सरकारले परीक्षण गरेको छैन । उहाँ मुम्बई बान्द्रास्थित आफ्नै घरभित्र क्वारेन्टिनमा हुनुहुन्छ ।

अब यति भएपछि के चाहियो ? भारतीय सञ्चारमाध्यमले यही विषयलाई जोडेर कुनै बेला सिनेमा जगतका बहुचर्चित प्रेमिल जोडीका अनेकन किस्सा जोडेर कोरोना कनेक्सन देखाउने प्रयासमा समाचारहरु बनाएका छन् ।

समाचार मात्र होइन सारा सामाजिक सञ्जालहरु यही विषयले भरिएको छ भने #अमिताभ र #रेखा ट्रण्डिङमा हुनुहुन्छ ।

सिनेमा क्षेत्र नै ग्लामर, गसिप र अनेकन हल्लाको शिकार हुने विधा हो । अझ बलिउड त यसका लागि माहिर नै छ । अनेकन गसिप, हल्ला र किस्साभन्दा माथि उठेर आउने चर्चाको कलाकारहरुले सामना गरिरहनु पर्दछ ।

त्यसमा पनि शताब्दीकै महानायक अमिताभ बच्चन र सदाबहार नायिका रेखाका सन्दर्भमा त अनेकन किस्सा जोडिनै रहन्छ ।

रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुनुहुन्छ । तीन व्यक्तिमा कोरोना संक्रमण पत्ता लागेपछि बृहन्मुम्बई नगर निगम (बीएमसी) ले शनिबार उहाँको बंगला सील गरेको हो ।

उता शनिबार राती नै बलिउडका महानायक अभिताभ बच्चन, छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोरोनाभाइरस संक्रमण देखिएको थियो ।

अभिषेक र अमिताभ मुम्बईको नानावती अस्पतालमा हुनुहुन्छ भने ऐश्वर्या र छोरी होम क्वारेन्टिनमा हुनुहुन्छ ।

उसोत बलिउडमा अमिताभ बच्चन, रेखाका अलवा अनुपम खेर, जोया अख्तरलाई पनि कोरोना संक्रमण देखिएपछि स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

तस्वीर सबै वेबबाट