
काडमाडौं, असार ३१ । पछिल्ला दिन सकारात्मक रहँदै आएको सेयर बजारमा बुधबार दोहोरो अंकको बृद्धि आयो ।
कारोबार पनि अर्ब माथी पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १५ अंक बराबरले उकालो लागेर १३ सय ६२ कायम भएर थामियो ।
कारोबार भएका मध्ये बढी जसो समूह सकारात्मक रहे ।
जीवन बिमा, होटल, उत्पादनमूलक र लघुवित्त समूह बाहेक अरु समूह सकारात्मक रहेका हुन् ।
वाणिज्य बैंक समूहमा सबैभन्दा उच्च २४ अंकको वृद्धि आयो ।
व्यापार र अन्य समूह पनि दोहोरो अंकले सुधारिए ।
होटल समूहमा भने ४५ अंक, जीवन बिमा समूहमा ४३ अंक अनि उत्पादनमूलक समूहमा पनि २५ अंकको गिरावट आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८९ कम्पनीको ३२ लाख १२ हजार कित्ता सेयर १ अर्ब १६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्