१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो


0
Shares

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा एक जना मृतक थपिएका छन् ।

रौतहटका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार दिउँसो उपचारका क्रममा निधन भएको हो ।

योसंगै मृतकको संख्या ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ९७ जना कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।

निको हुनेहरु ६४ दशमलव दुई प्रतिशत हुन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ९० जनाको मात्र पीसीआर परीक्षण भएको छ ।

हाल २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै ६ हजार १ सय १३ जना आइसोलेसनमा रहेका छन् ।