
काठमाडौं, असार ३१ । विद्यालय सञ्चालन गराउन सरकारले ठोस निर्णय नगरेको भन्दै निजी विद्यालयहरुले बिहीबार (साउन १)देखि अनलाइन कक्षा लगाएत वैकल्पिक पठन पाठन स्थगित गर्ने भएका छन् ।
निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले बुधबार संयुक्त रुपमा विज्ञप्ती जारी गरी शिक्षकहरुलाई बेतलवी विदामा राखी शैक्षिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।
शिक्षा मन्त्रालयले असार १ गते देखी अनलाईन लगाएत वैकल्पिक माध्यबाट पढन पाठन सुरु गराउन निर्देशन दिएको थियो ।
सो वमोजिम निजी विद्यालयहरुले अनलाइन, टेलिभिजन र रेडियोवाट पढन पाठन गराउन सुरु गरेका थिए ।
तर सरकारले अनलाईन कक्षा सञ्चालनको शुल्क नलिन भने पश्चात निजी विद्यालय सञ्चालकहरु असन्तुष्ट रहँदै आएका थिए ।
यस विषयमा गत असार २१ गते सरकार र विद्यालय सञ्चालकहरुबीच भएको छलफलमा शिक्षा मन्त्रालयले उचित निकास खोजी समस्या समाधान गर्ने सहमति भएको थियो ।
तर मन्त्रालयले हालसम्म पनि कुनै ठोस निर्णय गर्न नसक्दा अनलाइन कक्षा रोक्न बाध्य भएको विज्ञप्तीमा जनाइएको छ ।
निजी विद्यालयहरुले जेठ महिना देखिको अतिरिक्त बाहेकका शुल्क लिन पाउनु पर्ने माग राख्दै आएका छन् ।
शिक्षकहरुलाई वैसाख महिना देखिकै तलब दिन, घरभाडा, विजुली, टेलिफोन लगायतका शुल्क वुझाउन समेत समस्या भएको विद्यालय सञ्चालकहरुले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्