१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुस्मिता हत्या काण्डका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


0
Shares

हेटौंडा, असार ३१ । हेटौंडाकी २६ बर्षीया सुस्मिता थापाको हत्या अभियोगमा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मकवानपुरले आदेश दिएको छ ।

न्यायाधीश सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मंगलबार थुनछेक बहस सकिएको थियो ।

हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ बर्षीय प्रकाश थापा, सासु ५० बर्षीया तुलसा कुमारी थापा र नन्दहरु २३ बर्षीया सीता थापा २७ वर्षीया दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।