
पोखरा, असार ३१ । सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख प्रहरी वरीष्ठ उपरीक्ष राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् ।
चितवनकी २७ वर्षिया महिलाले लामापाटनस्थित आफ्रनै क्वाटरमा खाना खान बोलाएर आफूमाथि बलात्कार गरेको प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।
युवतीले खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएकी छन् ।
प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी घनश्याम अर्यालले जानकारी दिनुभयो ।
अधिकारीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठको टोली गएको थियो ।
प्रतिक्रिया दिनुहोस्