१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भाडा छुटको माग राख्दै सिभिल मलका व्यापारीहरु प्रदर्शनमा


0
Shares

काठमाडौं, असार ३१ । सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिभरको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालक विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

सिभिल मल व्यापार संघका उपाध्यक्ष धनवीर श्रेष्ठले लकडाउन अवधिभरको पूरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिन यता प्रदर्शन गरिरहेको बताउनुभयो ।

उहाँले मल सञ्चालकले वार्ताका लागि अहिले सम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदा सम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।

व्यापारीहरुले लकडाउन अवधिभर पसल खोल्न नपाएको भन्दै उक्त अवधिको पुरै भाडा छुट दिनुपर्ने बताएका छन् ।

उनीहरुले लकडाउन खुलेपछि पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने बताएका छन् ।