१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ह्वाइट हाउसप्रति डा. फाउचीको आक्रोशः ‘आफूमाथि गरेको आक्रमण ‘विचित्र’ र प्रचार ‘अनर्गल’


0
Shares

dr fauchi america corona whitehouse

एजेन्सी, साउन १ । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले ट्रम्प प्रशासनले आफूविरुद्ध संगठित रुपमा गरेका प्रचार विचित्र र अनर्गल रहेको टिप्पणी गर्नुभएको छ ।

आफूलाई बदनाम गर्ने मनसायबाट प्रेरित ती घटनाबाट अचम्मित भएको भन्दै डा. फाउचीले द एट्लान्टिकलाई दिएको अन्तर्वार्ता भन्नुभएको छ, ‘अन्ततः यसले राष्ट्रपतिलाई नै घात गर्छ । यसले केही गर्दैन तर उनीहरुमा यसको प्रतिबिम्ब देखिन्छ ।’

ह्वाइट हाउसले गरेको आक्रमण पूर्णतः गलत भन्दै उहाँले आफूले उनीहरुले किन यस्तो गरे भन्ने सपनामा पनि बुझ्न नसकेको बताउनुभयो । यसबाट उनीहरुकै कमजोरी झल्किने भन्दै उहाँले यस्तो गर्नु विवेकपूर्ण हुँदैन भन्ने अहलिे बुझे होलान् भन्नुभयो ।

गत आइतबार ह्वाइट हाउसका अधिकारीले डा. फाउचीले कोरोना र मास्कबारे विगतमा गरेका टिप्पणी जुन गलतसिद्ध भएका थिए, त्यसलाई सँगालेर पत्रकारहरुलाई बाँडेका थिए ।

अमेरिकी नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका प्रमुख डा. फाउचीका विचारसँग राष्ट्रपति डोनाल्ड ट्रम्प असहमत रहेकै बेला ह्वाइट हाउस षड्यन्त्रमा उत्रेको थियो ।

तर राष्ट्रपति ट्रम्पले भने डा. फाउचीसँग आफ्नो राम्रो सम्बन्ध रहेको जिकिर गर्दै भन्नुभयो, ‘डा. फाउचीसहित हामी सबै एकै टिममा छौँ । हामी सबै चीनले पठाएको यो समस्याबाट मुक्ति चाहन्छौँ । त्यसैले हामीले सबैले एक भएर काम गरेका छौँ र राम्रो गरिरहेका छौँ ।’

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बेलगाम बनिरहेको बेला महामारीप्रति गम्भीर रहेका डा. फाउचीलाई ‘बर्खास्त’ गर्ने वा प्रतिष्ठा कमजोर बनाउने असफल प्रयासमा ह्वाइट हाउस लागेको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए ।