
संखुवासभा, साउन १ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँका पहिरो पिडीतकालागी नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामाग्री सिलिचोङको बुधवारे पुर्याएको छ ।
सिसुवाको चित्रेगाउमा मौसम खरावीका कारण हेलिकेप्टर बस्न नसकेपछि सिसुवाकै बुधवारेमा राहत सामग्री र औषधी पुर्याएको हो ।
प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई आफै राहत सामग्री लिएर जानुभएको हो ।
बाक्लो हुँस्सु र कुहिरोले चित्रेगाउमा हेलिकोप्टर बस्न नसकेपछि सिलिचोङ–२ को बुधवारेमा राहत सामाग्री पुर्याएको प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पहिरोमा परि बेपत्ता भएकाको अझै खोजि भइरहेको छ । पहिरोबाट उच्च जोखिम भएका ७३ घर परिवारका ३ सय २८ जनाकालागी राहत सामाग्री लगिएको हो ।
सिसुवाको बुधवारेबाट खच्चड र भरियामार्फत राहत सामाग्री चित्रेगाउ पुर्याउने जनाइएको छ ।
पहिरो पिडीतकालागी २ हजार ४ सय केजि खाध्यान्न, ४ सय केजि दाल, १ सय केजि नुन, ८५ लिटर तेल, पाललगायतका समाग्री पुर्याएको हो ।
सिलिचोङ–१ को बेसिन्दा गाउँमा पाँच दिन अगाडि गएको पहिरोमा परि ११ जना अझै बेपत्ता छन भने ९ घर पहिरोले बगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्