२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पुष्पलाल लोकमार्ग जिर्ण


0
Shares

बागलुङ, साउन १ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको कालोपत्रे भत्किएर जिर्ण भएको छ ।

राष्ट्रिय गौरबको आयोजना यो लोकमार्ग वर्षा र बाढीका कारण कतै भासिएका छन् त कतै कालोपत्रे उप्किएर जिर्ण भएको छ ।

बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक संरचना ध्वस्त हुँदा यात्रुले सास्ती भोगिरहेका छन् ।

अत्यधिक वर्षाका कारण लोकमार्गको बागलुङ नगरपालिकाको बोक्सेदेखि काठेखोला, गलकोट, निसीखोला लगायतका विभिन्न स्थानमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने, कालोपत्रे बगाएर कच्ची सडकको अवस्थामा पुगेपछि लोकमार्गको यात्रा जोखिमयुक्त र सकसपूर्ण बनेको छ ।

सरोकारवाला निकायले समयमा मर्मत सम्भारमा चासो नदिंदा लोकमार्ग जीर्ण बनेको स्थानीयको आरोप छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले भने लोकमार्गलाई जोगाउने दायित्व स्थानीय तहको भएको बताउनुभयो ।