१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओलीको गैरजिम्मेवार अभिव्यक्तिले कूटनीतिक सम्बन्ध बिग्रियो : कोइराला


0
Shares

बिराटनगर, साउन १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको गैरजिम्मेवार अभिव्यक्तिहरुले कूटनीतिक सम्बन्ध बिग्रदैं गएको बताउनुभएको छ ।


बिहीबार बिराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस नेता कोइरालाले भन्नुभयो, बोल्दाबोल्दा केही दिन पहिले अयोध्या नेपालमा पर्छ भनेर बोलिदिनु भयो तर यो कुराको आधार र प्रमाण दिन सक्नुभएन।

प्रधानमन्त्री आज भोलि के के बोल्नु हुन्छ थाहा हुन छाडेको भन्दै जिम्मेवार व्यक्तिले बोल्दा बिचार गर्नुपर्ने, आधारहीन र तथ्यहिन कुरा गर्न नहुंने बताउनुभयो ।

‘प्रधानमन्त्रीले जति सक्यो कम बोल्ने हो जे मन लाग्छ बोल्दै हिड्ने होइन’ कोइरालाले भन्नुभयो ।

ओलीको पछिल्लो अभिव्यक्तिले भारत र नेपाली जनताबीचको आपसी सम्बन्ध बिगार्ने काम गरेको समेत बताउनुभयो ।

मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बु र प्रदेश सभा सदस्य केदार कार्कीले सरकार काममा भन्दा भ्रष्टाचारमा लागेको बताउनुभयो ।

कार्यक्रममा तत्कालीन एमालेको जिफन्टमा आबद्ध १ सय ५० जना कांग्रेसमा प्रवेश गरेका थिए ।