१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिसेक्वा तङनाम मनाउँदै लिम्बु समुदाय


0
Shares

तेह्रथुम, साउन १ । साउन १ गते किराँती समुदायले सिसेक्वा तङनाम चाड मनाएका छन् ।

फलफूलहरु डोरीमा उनेर ढोकामाथि र घरवरीपरी झुण्डाई किराँतीहरूले आफ्नो इष्ट देवलाई पूजा गरी सिसेक्वा तङनाम मनाएका हुन् ।

साउने सक्रान्तिको दिनदेखि सहकाल आएको र अनिकाल गएको मान्यता किराँत लिम्बू समुदायमा छ ।

हिन्दु धर्मालम्बीहरुको महाव पर्व दसैंतिहारजस्तै किराँती समुदायको सिकेक्वा तङनाम चाड मनाउने गरीन्छ ।

सिसेक्वा तङनाम पर्व पूर्वी नेपाल तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, झापालगायतका जिल्लामा मनाइन्छ ।