६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


डिस होमका प्रयोगकर्ताले एचबिओका च्यानल मोबाईल एपमा नि:शुल्क हेर्न पाउने


0
Shares

काठमाडौं, साउन १ । स्याटेलाईट टेलिभिजन वितरक डिश मिडिया नेटवर्कले अब मोबाईलबाटै टेलिभिजन हेर्न मिल्ने गरि मोबाईल एप सञ्चालनमा ल्याएको छ ।

कम्पनीले डिटिएच सेवा प्रयोग गरिरहेका ग्राहकलाई ईन्टरनेटबाटै टेलिभिजन तथा एचबिओका च्यानल हेर्न सक्ने सुविधा ल्याएको जनाएको हो ।

डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले एचबिओका सम्पुर्ण च्यानल मोबाईलमै हेर्न सक्ने गरि यो सुविधा ल्याएको र डिशहोेमका प्रयोगकर्तालाई अझै नजिक ल्याउन सक्ने बताउनुभयो ।

कम्पनीले ल्याएको मोबाईल एप मार्फत २० वटा च्यानल किनेर हेर्न सकिने छ भने एचबिओ, एचबिओ सिग्नेचर एचडी, एचबिओ फ्यामिलि लगायतका च्यानल समेत समावेश भएकाले डिशहोमका प्रयोगकर्ताले मोबाईलबाटै नयाँ अंग्रेजी फिल्म समेत हेर्न सक्ने जानकारी दिएकोे छ ।

डिशहोम प्रयोगकर्ताले डिटिएच कनेक्सन र कस्टम आईडीबाट पनि यो सेवा निशुल्क रुपमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।