
काठमाडौं, साउन १ । पर्यटन व्यवसायीहरुले अगष्ट १ देखि आन्तरिक र अगष्ट १५ बाट अन्तर्राष्ट्रिय हवाई उडानहरु सञ्चालन गरी नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन माग गरेका छन् ।
कोभिड–१९ सँगै अनुकुल जनजीवन सञ्चालन गर्नुको विकल्प नभएको पनि उनिहरुले जिकिर गरेका छन् ।
अब कोभिडसँग सहयात्रा गदै व्यवसाय संचालन गर्न पाउनु पर्ने उनिहरुको भनाइ छ ।
कोरोनाको संकट अझै केही बर्ष सम्म निरन्तर रहिरहने निश्चितप्राय रहेको भन्दै व्यवसायीले न्यूनतम आधार तय गरि सेवाहरु सुचालु गर्दै अघि बढ्ने र त्यसका लागि सरकारले सहयोग गर्नु पर्ने माग समेत गरेका छन् ।
बिहीबार काठमाण्डौमा होटल संघ नेपाल, नाट्टा, टान, म्यान, रेवानलगायत पर्यटनसँग सम्बद्ध झण्डै दर्जनसंघ संस्थाले संयुक्त पत्रकार सम्मेलन गरी उक्त माग गरेका हुन् ।
व्यवसायीहरुले अगष्ट १ देखि आन्तरिक र अगष्ट १५ देखि अन्र्तराष्ट्रिय तालिकाका उडानहरु सुचालु गर्न तथा नाकाहरु पनि खोलिनु पर्ने माग गरेका छन् ।
पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षा सम्बन्धी उपायहरु पालना गरि निर्वाध रुपमा संचालन गर्न दिन पनि उनिहरुले माग गरेका छन् ।
उल्लेखित सेवाका साथै पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा वजारीकरणका आधारहरु विस्तारै सुचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउने तर्फ तत्काल पहल गर्न पर्यटन व्यवसायीहरुले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्