२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाली सेनाको प्रवक्तामा पौडेल


0
Shares

काठमाडौं, साउन २ । नेपाली सेनाले सहायकरथी सन्तोषबल्लभ पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले पौडेललाई प्रवक्तको जिम्मेवारी दिएको जनाएको छ ।

नवनियुक्त प्रवक्ता पौडेलले उहाँले नेपाली सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षाको विषयमा सन्तुलन बनाइराख्ने प्रस्थान बिन्दु हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सेना र सञ्चार क्षेत्र कार्य प्रकृतिका हिसाबले फरक भएपनि समुन्नत राष्ट्र निर्माणमा दुवैको भूमिका र जिम्मेवारी एउटै भएको प्रतिक्रिया दिनुभयो ।

यसअघि उहाँले जङगी अड्डास्थित १५ नं बाहिनी र आपूर्ति तथा परिवहन निर्देशनालयमा जिम्मेवारी सम्हालि सक्नुभएको छ ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेले अब सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्नु हुनेछ ।